मलेसियामा तीन वटा सवारी साधन एकापसमा ठाेक्किँदा ७ जनाकाे मृत्यु, ३३ जना घाइते

प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार १४:११


एजेन्सी, पुष ९ ।
मलेसियामा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

सोमबार राति उत्तरतर्फ जाने उत्तर-दक्षिण एक्सप्रेस-वेको आयर केरोह रेस्ट र सेवानजिक तीन वटा सवारी साधन ठोकिएका हुन् ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार २७ यात्रु बोकेको एउटा टुर बस, एउटा ट्रेलर र टोयोटा आपसमा ठोकिएका हुन् ।

स्थानीय प्रहरीकाअनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका रहेका छन् ।

दुर्घटनाका कारण राजमार्गको दुबै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो ।

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....