भोलिदेखि तिन दिनसम्म ‘मध्यपुर महोत्सव–२०८१’ भव्य रूपमा आयोजना हुँदै, निःशुल्क बसको व्यवस्था (फाेटाेफिचर)

प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार २१:३९


काठमाडौं, पुष ११ ।
ठिमी नगरपालिकामा रहेको मध्यपुर ठिमीमा भोलि शुक्रबारदेखि आइतबारसम्म तिन दिने ‘मध्यपुर महोत्सव-२०८१’ भव्य रूपमा आयोजना हुने भएको छ ।

“हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर ठिमी हाम्रो सम्पत्ति” भन्ने मूल नाराका साथ सुरु हुन लागेको महोत्सवको मुख्य लक्ष्य भनेको पर्यटन विकासको लागि आयोजना हुन लागेको आयोजकले जनाएको छ । यही पुष १२, १३ र १४ गते अर्थात् ने.सं. ११४५ थिंलागाः १२, १३ र १४ (द्वादशी, त्रयोदशी र चतुर्दशी)सम्म हुने महोत्सवले अन्वेषण, अनुभव र आनन्द लिनुहोस् । नारासमेत दिइएको छ ।

तिन दिनसम्म चल्ने उक्त महोत्सवमा नगदेशको प्रख्यात महाकाली नाच, ठिमीको सिद्धिकाली मन्दिर, बोदेको चर्चित नाच नीलबाराही नाच र नगदेशमा अवस्थित रहेको सुनको झ्याल अवलोकनलगायत विभिन्न कला, संस्कृति र सम्पदाले सुसज्जित कला सम्पदासँगै विभिन्न नाच, फुडको स्टल, विभिन्न स्कूलको विशेष प्रस्तुतिलगायत रहेको छ ।

‘याे महाेत्सवकाे आयाेजना गर्न पाउँदा हामी एकदमै गाैरवान्वित छाैँ, यसपटककाे अवलाेकन र दर्शक दीर्घाबाट कस्ताे प्रतिकृया आउँछ । साेहीअनुसार हामी यसलाई हरेक वर्ष आयाेजना गर्ने तयारीमा छाैँ । याे पटक हामीले समयानुकूल र समय सान्दर्भिक आयाेजना गर्याैँ र पछिल्लाे पटक यसलाई हामी निरन्तरता दिँदै जाने साेचमा हामी छाैँ’ मध्यपुर ठिमी वडा नं.-९ का वडाध्यक्ष सानुकाजी राजबाहकले बताए ।

सोको तयारीको लागि बोदे ठिमीमा रहेको जया सेकेण्डरी बोर्डिङ्ग स्कूलले नीलबाराही मन्दिरसहित आसपासका क्षेत्रमा विद्यार्थीहरूको उल्लेख्य सहभागितामा सरसफाई अभियानसमेत सम्पन्न गरिसकेको स्कूलका प्रधानाध्यापक अनुप थापाले लाईभ अफ नेपाललाई जानकारी दिएका छन् ।

उनले भने, ‘यो महोत्सव हाम्रो लागि एउटा गौरवान्वित महोत्सवको रूपमा लिएको छु र, जसमा हाम्रो अमूल्य भूमिका रहनुका साथै स्कूलको छुट्टै स्थललगायत विद्यार्थीरूद्वारा विभिन्न प्रस्तुतिहरू रहने जानकारी गराउँदै यो अवसर नगुमाउन सबैमा हार्दिक अपिलसमेत गर्न चाहन्छु ।’

महोत्सवमा थप अन्य सुविधाहरूमा क्रमशः मध्यपु महोत्सवमा शंखधर चोकदेखि बोडे, टिगनीसम्म अवलोकन गरिसकेपछि पुनः शंखधर चोक फर्कन वा महोत्सवको अन्य स्थानमा यात्रा गर्न निःशुल्क बसको व्यवस्थासमेत गरिएको छ ।




प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको सेतोपुलमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई पक्राउ

काठमाडाैं, पुष १४ । काठमाडौं महानगरपालिकाको सेतोपुलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ.....

कालीकोटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प

काठमाडाैं, पुष १४ । कालीकोटमा भूकम्प.....