सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको हृदयघातका कारण निधन

प्रकाशित मिति: १३ पुष २०८१, शनिबार ०९:४०


काठमाडाैं, पुष १३ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।

उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । भाद्र २२, २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि चैत २९, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए ।

सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानव अधिकार आयोगको सदस्य बने । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको आयोगमा उनी कात्तिक २, २०७१ देखि कात्तिक १, २०७० सम्म सदस्यको रूपमा काम गरेका थिए । त्यसपछि अवकाशयुक्त जीवन बिताइरहेका उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए ।

असार ८, २०१० जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यावसायमा प्रवेश गरेका हुन् । उनले सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कानूनी सल्लाहकार बनेर काम गरेका थिए । उनी २०६५ सालमा वरिष्ठ अधिवक्ता भएका थिए ।

भ्रष्टाचार नियन्त्रण, देवानी कानून एवं कानूनी प्रणालीको विकासक्रमका विषयमा रुची राखेका उनले त्यसबारेमा कैयौं पुस्तकसमेत लेखेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको सेतोपुलमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई पक्राउ

काठमाडाैं, पुष १४ । काठमाडौं महानगरपालिकाको सेतोपुलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ.....

कालीकोटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प

काठमाडाैं, पुष १४ । कालीकोटमा भूकम्प.....