अभिनेत्री उर्मिलाको कारले ठक्कर दिँदा एक मजदुरको मृत्यु, एक गम्भीर घाइते
काठमाडाैं, पुष १३ ।
मराठी अभिनेत्री उर्मिला कोठारीको कारले ठक्कर दिँदा एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमकाअनुसार नायिका उर्मिला काम सकेर घर फर्किँदै गर्दा उनी सवार कार पोइसर मेट्रो स्टेशननजिकै दुर्घटनामा परेको हो ।
तीब्र गतिमा गुडिरहेको गाडी चालकले नियन्त्रण गर्न नसक्दा त्यहाँ काम गरिरहेका दुई मेट्रो कर्मचारीलाई ठक्कर दिएको हो । प्रहरीकाअनुसार दुबै कामदार राति अबेरसम्म मेट्रोसम्बन्धी काममा व्यस्त थिए ।
दुर्घटनामा अभिनेत्री उर्मिला र उनका चालक पनि घाइते भएका छन् ।
उर्मिलाले दुनियादारी, गुरु र टाइमपासजस्ता चलचित्रमा काम गरिसकेकी छन् भने ‘असम्भव’ र ‘मेरा ससुराल’जस्ता टेलिभिजन कार्यक्रममा पनि सहभागिता जनाएकी छन् ।
प्रतिक्रिया