काठमाडौंको सेतोपुलमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई पक्राउ
काठमाडाैं, पुष १४ ।
काठमाडौं महानगरपालिकाको सेतोपुलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-६ घर भएर काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा रहेका छन् ।
पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । उनीहरू शनिबार दिउँसो पक्राउ परेका हुन् ।
घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया