बैतडी केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार ०८:३६


काठमाडाैं, पुष १६ ।
बैतडी केन्द्रबिन्दु बनाएर आज मंगलबार बिहान भूकम्प गएको छ । बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर आज बिहान ७ बजेर ५४ मिनेटको समयमा भूकम्प गएको हो । नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महशुस गरिएको थियो । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला, जाजरकोटलगायत पश्चिम नेपालका जिल्लाहरुमा भूकम्पका धक्का महशुस हुँदै आएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरुद्ध

काठमाडौं, पुष २० । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज शनिबार तीन घण्टा विद्युत अवरुद्ध.....

मुगुमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं, पुष १९ । मुगुमा भूकम्प गएको.....

जीप दुर्घटनामा परी एकै परिवारका तीनसहित चार जनाको मृत्यु

काठमाडौं, पुष १९ । जीप दुर्घटनामा परी.....