ललितपुरकाे भैँसेपाटीमा माइक्राे बसकाे ठक्करबाट ३५ वर्षीया महिलाकाे मृत्यु

प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार ०९:४३


काठमाडाैं, पुष १६ ।
ललितपुर महानगरपालिकाको भैँसीपाटीमा माइक्रो बसले ठक्कर दिँदा एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ ।

सोमबार साँझ लललिपुर महानगरपालिका-१८ सिकाली चाेकमा बा. ३ ख ३१०२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा सडक किनारमा पैदल हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेली मगरको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसपी रञ्जय राउतले जानकारी दिएका छन् ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका-७ स्थायी घर भई हाल ललितपुरकै मगर गाउँ बस्दै आएकी लुंगेलीको उपचारको क्रममा मृत्यु भएको हो ।

लापरबाहीपूर्ण ढंगले तीब्र गतिमा चलाइएको माइक्रो सुरुमा बिजुलीको पोलमा ठोकिएको थियो । ‘बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भएको माइक्रोले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिँदा घटना भएको हो,’ एसपी राउतले भने ।

दुर्घटनामा गम्भीर घाइते गोमाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । उक्त माइक्रोले नजिकै रोकिराखेको बा. ७ च ५९८७ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएर क्षति पुर्‍याएकाे एसपी राउतले बताए ।

बोलेरोमा ठोकिएपछि उक्त माइक्रोले एउटा पसलमा समेत क्षति पुर्‍याएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरुद्ध

काठमाडौं, पुष २० । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज शनिबार तीन घण्टा विद्युत अवरुद्ध.....

मुगुमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं, पुष १९ । मुगुमा भूकम्प गएको.....

जीप दुर्घटनामा परी एकै परिवारका तीनसहित चार जनाको मृत्यु

काठमाडौं, पुष १९ । जीप दुर्घटनामा परी.....