न्यून चापीय प्रणालीको प्रभावले सोमबारबाट वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति: २१ पुष २०८१, आईतवार १०:३३


काठमाडौं, पुष २१ ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा मौसम बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज आइतबार दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनकाअनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, वागमती र मधेश प्रदेशको पूर्वी भू-भागमा साधारणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधारणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

“तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, उनले भनिन्, “वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहरको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।” पश्चिमी न्यून चापीय प्रणालीको बढी प्रभाव सोमबार र मंगलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैबीच, शनिबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । शनिबार ५ दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो । राति काठमाडौंको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनले जानकारी दिइन् । न्यूनतम तापक्रम बढेकाले काठमाडौंमा आज तुलनात्मक रूपमा बिहान कम चिसो महशुस भएको छ । गत मङ्सिर २९ गते काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

रिलायबल नेपाल लाईफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाख दाबी भुक्तानी

काठमाडौं, पुष २३ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी.....

भूकम्पका कारण हालसम्म दुई वटा घरमा क्षति

काठमाडौं, पुष २३ । आज मंगलबार बिहान.....