तटरक्षक बलको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

प्रकाशित मिति: २१ पुष २०८१, आईतवार १४:३४


एजेन्सी, पुष २१ ।
भारतको गुजरातमा तटरक्षक बलको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

राज्यको पोरबंदर विमानस्थलमा सो हेलिकप्टर दुर्घटना भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको तथा अन्य केही मानिसहरू घाइते भएका बताइएको छ । हेलिकोप्टर एएलएच ध्रुव नियमित उडानको क्रममा दुर्घटनामा परेको बताइएको छ ।

हाल उद्धार कार्य जारी रहेको छ । दुर्घटनासम्बन्धी थप जानकारी आउन बाँकी रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....