रास्वपा सभापति लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता

प्रकाशित मिति: २१ पुष २०८१, आईतवार १६:५१


काठमाडौं, पुष २१ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ ।

सभापति लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीमा अदालतमा मुद्दा दर्ता भएको हो ।

लामिछानेसहितले काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकील कार्यालयले आज आइतबार दर्ता गरेको अभियोजन पत्रमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न रविसहित जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, दीपक लामा, कुमार रम्तेल र नवीन अछामीसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत बिहीबार सरकारी वकीलको कार्यालयमा प्रतिवेदन पेश गरेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

रिलायबल नेपाल लाईफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाख दाबी भुक्तानी

काठमाडौं, पुष २३ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी.....

भूकम्पका कारण हालसम्म दुई वटा घरमा क्षति

काठमाडौं, पुष २३ । आज मंगलबार बिहान.....