स्वर्णलक्ष्मी सहकारीका सुनिता नेवाः र कमल लामा धराैटीमा रिहा
काठमाडाैं, पुष २४ ।
काठमाडौं महानगरपालिकाको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे बचत रकम अपचलनमा दुई जना प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतको आदेशानुसार दुई जना मंगलबार रिहा भएका हुन् । रिहा हुनेमा सहकारीको लेखा समिति सदस्य सुनिता नेवाः र सञ्चालक समिति सदस्य कमल लामा रहेका छन् ।
लेखा समिति सदस्य सुनिता नेवाःले ४ लाख र सञ्चालक समिति सदस्य कमल लामाले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया