अष्ट्रेलियामा साताैँ तलाबाट खसेर ३९ वर्षीया नेपाली नर्सकाे मृत्यु

प्रकाशित मिति: २४ पुष २०८१, बुधबार १४:३१


काठमाडाैं, पुष २४ ।
अष्ट्रेलियाको सिड्नीस्थित अपार्टमेन्टकाे सातौँ तलाबाट खसेर एक नेपाली महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३९ वर्षीया दीक्षा दाहाल रहेकी छन् । उनको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौँ तलाबाट खसेर मृत्यु भएको हो । उनको मृत्यु शंकास्पद भएको अनुसन्धानमा संलग्न अधिकारी ब्यारी विन्सेन्टलाई उदृत गर्दै डेलिमेलले उल्लेख गरेको छ ।

प्रहरीले यो घटनामा प्रारम्भिक अनुसन्धानका लागि दीक्षाका श्रीमान् ४० वर्षीय रविन्द्र सुवेदीलाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछ र प्रारम्भिक जाँच गरेपछि तत्काल थप प्रमाण केही नदेखिएको भन्दै छाडेको थियो ।

दाहाल अष्ट्रेलियामा नर्सका रूपमा काम गर्दै आएकी थिइन् । उनीहरूले केही वर्षअघि मात्र विवाह गरेका थिए । तर, उनीहरूबीच आन्तरिक झगडा हुने गरेको समेत बताइन्छ । पछिल्लो समय उनीहररू सँगै बस्न छाडेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....