आफ्नै ३ वर्षीया र ६ महिनाकी दुई छाेरीकाे हत्या अभियाेगमा आमा पक्राउ

प्रकाशित मिति: २४ पुष २०८१, बुधबार १८:१७


काठमाडाैं, पुष २४ ।
सल्यानमा आफ्नै दुई वटा छोरीको हत्या गरेको अभियाेगमा आमा पक्राउ परेकी छन् ।

बनगाड कुपिण्डे नगरपालिका-११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले बताएका छन् ।

उनले श्रीमानसँग झगडा हुँदा रिसको झोँकमा बच्चाहरूलाई मारेको बयानमा भनेकी छन् ।

उनका श्रीमान् कामको शिलशिलामा हाल नुवाकोटमा रहेका छन् ।

आज बुधबार बिहान करिब साढे १० बजेतिर उनले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन् । साेही क्रममा उनीहरूबीच फाेनमै झगडा भएको उनले बताइन् ।

‘कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो । त्यसपछि मैले रिसको झोँकमा उनीहरूको हत्या गरेँ । उनीहरूलाई पनि मार्ने र आफू पनि मर्ने भन्दै पहिला बच्चालाई मारेँ । तर आफू मर्न भने सकिनँ,’ उनले बयानमा भनेकी छन् ।

बिहान घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

उनका श्रीमान् नुवाकोटबाट आउँदै गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी काराेबारकाे पाँचाैँ दिनमा पनि सुन र चाँदीकाे मूल्य बढ्याे

काठमाडाैं, पुष २५ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको.....

टाटा माेटर्सद्वारा इटहरीबाट टाटा म्याजिक बीएस६ सार्वजनिक

काठमाडाैं, पुष २४ । नेपालका लागि टाटा.....