धम्की दिएको आरोपमा दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार १२:५२


काठमाडाैं, पुष २५ ।
नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यावसायीलाई धम्की दिएको आरोपमा दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयाँल र रामचन्द्र मैनालीविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानपछि सरकारी वकील कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।

यसअघि, प्रसाईंविरुद्ध साइबर अपराधको आरोपमा पनि मुद्दा दायर भएको थियो । त्यस कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका प्रसाईंविरुद्ध पुनः अर्को मुद्दा दर्ता भएको हो ।

प्रसाईंसहितका व्यक्तिले धम्क्याएको भन्दै नेपाल राष्ट्र बैंक, व्यावसायी पवनकुमार गोल्यान र दिपेन्द्र अग्रवालले सीआईबीमा जाहेरी दिएका थिए । प्रसाईं र फुयाँलबीच पैसा लेनदेनको विषयमा कुराकानी भएको पनि प्रमाण फेला परेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछाने रिहा, आफैँ अदालतमा उपस्थित हुने

काठमाडाैं, पुष २५ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र.....