काठमाडाैं आउँदै गरेकाे माइक्राे र ट्रक ठाेक्किँदा विदेशी नागरिकसहित १६ यात्रु घाइते, ७ काे अवस्था गम्भीर

प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार १५:५३


काठमाडाैं, पुष २५ ।
धादिङमा आज बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा पनि १६ जना यात्रुहरू घाइते भएका छन् ।

गल्छी गाउँपालिका-४ बेल्खुस्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेकाे ग. २ ख ६६६ नम्बरको माइक्रोबस (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको ना. ६ ख ७१८ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीले दिएकाे जानकारीअनुसार दुर्घटनामा स्याङजाका २५ वर्षीया रविना शाह, नुवाकोटको विदुर नगरपालिका-१२ का २१ वर्षीय विकेक मिजार, धादिङ निलकण्ठ नगरपालिका-२ का २६ वर्षीय राज गुरुङ, कास्कीको पोखरा महानगरपालिका-१४ का २७ वर्षीया सुस्मिता आले घाइते भएका छन् ।

यसैगरी, सोही ठाउँका २२ महिनाका रिहान पुन, ३३ वर्षीय खिम राज पुन, नाम ठेगाना नखुलेका एक जना विदेशी नागरिक, धादिङको सिद्दलेख गाउँपालिका-६ का २४ वर्षीय यम बहादुर घले, तनहुँको शुक्ला गण्डकी गाउँपालिका-७ का ३८ वर्षीय सुनिता आले, गोरखाको शहीद लखन गाउँपालिका-१ का २१ वर्षीय समय अर्याल, गोरखाकै ६१ वर्षीया मधुमाया अर्याल पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी, धादिङ बेनिघाट रोराङ गाउँपालिका-६ का ३९ वर्षीय रमेश थापा मगर, नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय एक महिला, १८ वर्षीय महिला एक जना, म्याग्दीको बेनि नगरपालिका-४ का ३४ वर्षीय पुरन पुन र कास्कीको पोखरा महानगरपालिकाका ३४ वर्षीय पुष्प पुन घाइते भएका छन् ।

घाइतेहरूमध्ये १२ जनालाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं ल्याइएकाे गरिएको छ भने यी मध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको धादिङ प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछाने रिहा, आफैँ अदालतमा उपस्थित हुने

काठमाडाैं, पुष २५ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र.....