रास्वपा सभापति लामिछाने रिहा, आफैँ अदालतमा उपस्थित हुने

प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार २०:५५


काठमाडाैं, पुष २५ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क (प्रा.) लि.का पूर्वप्रबन्ध निर्देशक रावि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि आज बिहीबार साँझ उनी ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

थुनछेक बहसपछि न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग धरौटी माग गरेको थियो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन् ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ ।

काठमाडौं महानगरपालिका-१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएको प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । प्रहरी श्राेतकाअनुसार लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैंँ उपस्थित हुने भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछाने रिहा, आफैँ अदालतमा उपस्थित हुने

काठमाडाैं, पुष २५ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र.....