सुनचाँदी कारोबारको अन्तिम दिन पनि सुन र चाँदीको मूल्य बढ्यो

प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार १२:२२


काठमाडाैं, पुष २६ ।
सुनचाँदी कारोबारको अन्तिम दिन नेपाली बजारमा आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्य आज पनि निरन्तरता पाएको हो ।

बुधबार प्रति तोला ५ सय रुपैयाँ, बिहीबार प्रति तोला ८ सय रुपैयाँ र शुक्रबार पनि प्रति तोला ८ सय रुपैयाँ गरी यो तीन दिनमा सुनको मूल्य प्रति तोला २ हजार १ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार आज छापावाल सुन प्रति तोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

यस दिन चाँदीको मूल्य प्रति तोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला ५ रुपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रति औँस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मौसममा पुनः बदली, थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, पुष २८ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा पुनः बदली सुरु भएको छ । जल तथा मौसम.....