रास्वपा सभापति लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार १३:५४


काठमाडाैं, पुष २६ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज शुक्रबार २ बजे काठमाडौं आउने भएका छन् । पोखराबाट उनी २ बजेको फ्लाइटमा काठमाडौं आउन लागेका हुन् ।

लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने तयारीमा जुटेका छन् । लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका थिए । अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत् धरौटी रकम बुझाएर उनी हिरासत मुक्त भएका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....