काठमाडौंको ह्वाईट गुम्बामा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार १८:३९


काठमाडाैं, पुष २६ ।
काठमाडौंमा जेसीबीले ठक्कर दिँदा आज शुक्रबार एक जना बालिकाको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बानजिकै सडकमा बा. २ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट सोही नगरपालिका-६ बस्ने पञ्चकुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जेसीबीका चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

घटनापश्चात् प्रहरीले दुबै पक्षलाई राखेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मौसममा पुनः बदली, थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, पुष २८ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा पुनः बदली सुरु भएको छ । जल तथा मौसम.....