काठमाडौंको चन्द्रागिरीमा २७ वर्षीया युवतीमाथि चक्कु प्रहार, एक पक्राउ
काठमाडाैं, पुष २६ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट दाङ घर भई हाल थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भएकी छन् । उनको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।
चक्कु प्रहारमा संलग्न रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्रबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवती र आरोपी पूर्व परिचित रहेको खुल्हुन आएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया