लमजुङ केन्द्रबिन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: २७ पुष २०८१, शनिबार १४:३८


काठमाडाैं, पुष २७ ।
पुष महिनामा लगातार भूकम्पहरू गइरहेका छन् । आज शनिबार बिहान ५ बजेर २७ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार भूकम्पको तीब्रता ३ दशमलव ६ रेक्टर स्केलको रहेको थियो । यसको केन्द्रबिन्दु लमजुङको खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।

यसअघि, पुष १६ गते बैतडी केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै, पुष १८ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

१९ गते मनाङ केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही दिन मुगुमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यस्तै, पुष २३ मा तिब्बतको दिंग्री केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पको धक्का काठमाडौंमा पनि नराम्रोसँग महशुस भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....