मौसममा पुनः बदली, थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना

प्रकाशित मिति: २८ पुष २०८१, आईतवार ०३:३१


काठमाडाैं, पुष २८ ।
मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा पुनः बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भू-भागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिएकी छन् ।

उनकाअनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण यसरी बदली सुरु भएको हो । आज आइतबार दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली हुने मौसमविद् महर्जनले बताइन् ।

आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात हुने बताउँदै मौसमविद् महर्जनले दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएकी छन्।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउनसमेय अनुरोध गरेको छ ।

केही दिनअघि भएको बदलीजस्तै देखिने भए तापनि ठूलो पानी पार्ने ‘स्ट्रङ’ प्रणाली भने नदेखिएको बताउँदै उनले भोलि सोमबारदेखि मौसम सुधार हुने जानकारी दिएकी छन् । तराईका कतिपय क्षेत्रमा क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । पछिल्ला दिनमा देशभरको चिसो बढिरहेकाले ठाउँ-ठाउँमा जनजीवन प्रभावितसमेत हुने भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मौसममा पुनः बदली, थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, पुष २८ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा पुनः बदली सुरु भएको छ । जल तथा मौसम.....