रास्वपाका सभापति लामिछाने काठमाडौं जिल्ला अदालतको हिरासतमा

प्रकाशित मिति: २८ पुष २०८१, आईतवार १७:२५


काठमाडाैं, पुष २८ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं, जिल्ला अदालतले हिरासतमा पठाइएको छ ।

अदालत आज आइतबार बयान भए पनि थुनछेक बहस नभएपछि पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालतले हिरासतमा पठाइएको हो ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । अदालतले लामिछानेलाई भोलि सोमबार बिहान ९ बजे अदालतमा उपस्थित हुने गरी हिरासतमा पठाएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

मञ्जुश्री फाइनान्सको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, पुष २८ । मञ्जुश्री फाइनान्स लिमिटेडको १७ औँ वार्षिक साधारण सभा आज आइतबार, थापागाउँ.....