निगमले पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो

प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार ०६:४६


काठमाडौं, माघ ३ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरिएको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य लिटरको एक सय  ६२ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय  ५३ रुपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मूल्य लिटरको एक सय ६४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल क्षेत्रमा अब पेट्रोलको मूल्य लिटरको एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय ५६ रुपैयाँ पर्ने भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

निगमले पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो

काठमाडौं, माघ ३ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढाएको छ ।.....