सन नेपाल लाईफलाई तीन वटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान
![](https://liveofnepal.net/wp-content/uploads/2025/02/Award.jpg)
काठमाडाैं, माघ २७ ।
सन नेपाल लाईफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको ICC २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।
कम्पनीले “उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति,” “बीमा क्षेत्रमा महिला नेतृत्व,” तथा “उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा” विधामा उच्च सम्मान प्राप्त गर्दै आफ्नो व्यावसायिक उत्कृष्टता प्रमाणित गरेको हो । बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ग्रहण गरेका थिए ।
यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गर्दछ । यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्नेछ ।
यसका साथै, सन नेपाल लाईफले १ सय ३९ वटा शाखा तथा उपशाखा कार्यालयहरूमार्फत् देशभर जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया