काठमाडौंको चाबहिलमा २२ वर्षीय युवकको हत्या, तीन पक्राउ

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार १४:३०


काठमाडाैं, माघ २८ ।
काठमाडौंको चाबहिलस्थित कुमारीगालमा एक जना युवकको हत्या भएको छ । आज सोमबार बिहान दुई समूहबीच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीको ज्यान गएकाे हो ।

छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाका एक जना अधिकृतले बताएका छन् । हत्यामा संलग्न आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....