स्कुटर दुर्घटनामा परी एक शिक्षकको मृत्यु

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार १०:२१


काठमाडाैं, माघ ३० ।
धनुषाको मिथिलामा स्कुटर दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ ।

मधेश प्रदेश ०२-००७ प ५०२० नम्बरको स्कुटर दुर्घटना हुँदा मिथिला नगरपालिका-४ पुष्पलपुर घर भएका पूर्णबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विश्वकर्मा स्थानीय राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहकाअनुसार सोमबार राति जनकपुरबाट ढल्केबरतर्फ जाँदै गर्दा मिथिला नगरपालिका-२, नक्टाझिजमा उनी दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

शिक्षक विश्वकर्मा सवार स्कुटरलाई ठक्कर दिएको आशंकामा प्रहरीले बा. १८ च. ८७६८ नम्बरको स्कोर्पिओ गाडी नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंमा जुवातास खेलिरहेका महर्जनसहित ११ जना पक्राउ

काठमाडाैं, माघ ३० । विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई प्रहरीले पक्राउ.....

स्कुटर दुर्घटनामा परी एक शिक्षकको मृत्यु

काठमाडाैं, माघ ३० । धनुषाको मिथिलामा.....