सिप्रदी ट्रेडिङद्वारा भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्दै

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार १६:४९


काठमाडाैं, माघ २८ ।
नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ (प्रा.) लि.ले भ्यालेन्टाइन सप्ताह-२०२५ को अवसरमा आज सोमबारदेखि फागुन ३ गतेसम्म (१० फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२५) भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सोही अवसरमा टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा रुचाइएका टियागो ईभी र पञ्च ईभी, जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग साट्न सकिने कम्पनीले जनाएको छ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरूमा आयोजना गर्न लागिएको हो ।

‘एक्सचेन्ज विथ लभ’ योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाईफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स (जडानसहित) हरेक बुकिङमा आकर्षक उपहारहरूसमेत प्राप्त गर्न सकिने कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंमा जुवातास खेलिरहेका महर्जनसहित ११ जना पक्राउ

काठमाडाैं, माघ ३० । विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई प्रहरीले पक्राउ.....

स्कुटर दुर्घटनामा परी एक शिक्षकको मृत्यु

काठमाडाैं, माघ ३० । धनुषाको मिथिलामा.....