एस.के. इनर्जी डेभलपमेन्ट प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त
![](https://liveofnepal.net/wp-content/uploads/2025/02/Agreement-Signing-Ceremony-scaled.jpg)
काठमाडाैं, माघ २८ ।
एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रति शेयर अंकित मूल्य रु.१००/– दरका २०,८०,००० कित्ताले हुन आउने रकम रु.२०,८०,००,०००/– (अक्षरेपी बीस करोड असी लाख मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
उक्त क्रममा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मेगावाटको क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया