कमलपोखरीस्थित मःम पसलका दुई कामदारको मृत्यु

प्रकाशित मिति: २९ माघ २०८१, मंगलवार १०:२७


काठमाडाैं, माघ २९ ।
ग्याँस विस्फोट भई आगलागीमा घाइते भएका कमलपोखरीस्थित सान्दार मःम पसलका दुई कामदारको मृत्यु भएको छ । उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार राईको सोमबार र घलेको आज मंगलबार मृत्यु भएको हो । गत बिहीबार बिहान ग्याँस लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए । जसमध्ये सात जना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचार भइरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंमा जुवातास खेलिरहेका महर्जनसहित ११ जना पक्राउ

काठमाडाैं, माघ ३० । विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई प्रहरीले पक्राउ.....

स्कुटर दुर्घटनामा परी एक शिक्षकको मृत्यु

काठमाडाैं, माघ ३० । धनुषाको मिथिलामा.....