काठमाडौंमा जुवातास खेलिरहेका महर्जनसहित ११ जना पक्राउ

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार १३:०५


काठमाडाैं, माघ ३० ।
विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० बोशीगाउँ बस्ने वीरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा वीरेन्द्रसमेत ११ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५० हजार १ सय १ रुपैयाँ, कौडा १८ थान र ३ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, कैलालीको गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने अनिल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-३ बस्ने ५७ वर्षीय गोपाल घिमिरेसमेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका-९ बस्ने ३२ वर्षीय निराजन राजबंशीको होमस्टेमा जुवातास खेलिरहेको अवस्थामा राजापुर नगरपालिका-८ बस्ने ५४ वर्षीय बसन्त कुमार शर्मासमेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलाय मोतिपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ५ सय २६ रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

थुनामा राख्ने आदेशविरुद्ध पूर्वडीआईजी जोशी उच्च अदालत

काठमाडाैं, माघ ३० । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला.....

काठमाडौंमा जुवातास खेलिरहेका महर्जनसहित ११ जना पक्राउ

काठमाडाैं, माघ ३० । विभिन्न स्थानबाट.....

स्कुटर दुर्घटनामा परी एक शिक्षकको मृत्यु

काठमाडाैं, माघ ३० । धनुषाको मिथिलामा.....