गोल्डकपका दौरान हृदयघात भएका नेपाली फुटबलका अनुभवी प्रशिक्षक श्रेष्ठको निधन

प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार १०:३५


काठमाडाैं, फागुन ११ ।
नेपाली फुटबलका अनुभवी प्रशिक्षक हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ ।

उनी माघ १६ मा धरानमा जारी बुढासुब्बा गोल्डकपका दौरान हृदयघात भएपछि अस्पताल भर्ना भएका थिए । शुक्रबार मात्र स्वास्थ्यमा सुधार देखिएपछि उनलाई घर फर्काइएको थियो ।

तर, शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

उपचारका क्रममा उनको निधन भयो । श्रेष्ठ बुढासुब्बा गोल्डकपका लागि एनआरटी (न्यूरोड टीम) को प्रशिक्षकका रूपमा धरान गएका थिए । प्रतियोगिता चलिरहेको बेला उनलाई माघ १६ मा अचानक हृदयघात भएपछि तत्कालै उपचारका लागि धरानमै रहेको अस्पतालमा भर्ना गरिएको थियो ।

केही दिनको उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । गंगालाल हृदय रोग केन्द्रमा उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्यमा केही सुधार आएपछि शुक्रबार घर पठाइएको थियो ।

करिब ५५ वर्षीय श्रेष्ठ नेपाली फुटबलमा एक अनुभवी प्रशिक्षकका रूपमा परिचित थिए । उनले विभिन्न ‘ए’ डिभिजन क्लबहरूलाई प्रशिक्षण गराउनुका साथै उमेर समूहका नेपाली राष्ट्रिय टीमलाई समेत प्रशिक्षण दिने अवसर पाएका थिए ।

नेपाली फुटबलका थुप्रै उदीयमान खेलाडीहरूलाई उनले प्रशिक्षण दिएका थिए । उनले मनाङलाई लिग च्याम्पियन बनाएका थिए ।

श्रेष्ठको निधनले नेपाली फुटबलले एक कुशल प्रशिक्षक र मार्गदर्शक गुमाएको छ । श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केही समय राखिनेछ, त्यसपछि उनको अन्तिम संस्कार आजै गरिने छ ।

उनको निधनप्रति नेपाली फुटबल संघ (एन्फा), खेलाडी, प्रशिक्षक, शुभचिन्तक र समर्थकहरूले शोक व्यक्त गरेका छन् । नेपाली फुटबलमा उनको योगदान सधैँ सम्झिनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....