नेटफ्लिक्सकाे सुपर पपुलर शाे ‘गसिप गर्ल’की अभिनेत्री मिशेल अपार्टमेन्टमा मृत फेला

काठमाडाैं, फागुन १५ ।
नेटफ्लिक्सको सुपर पपुलर शो ‘गसिप गर्ल’की अभिनेत्री मिशेल ट्राचटेनबर्गको निधन भएको छ । उनकाे ३९ वर्षको उमेरमा निधन भएको हो । फेब्रुअरी २६ मा आफ्नै अपार्टमेन्टमा उनी मृत फेला परेकी थिइन् ।
प्रहरीले यस मामिलामा छानबिन गरिरहेको छ । अभिनेत्रीको आमा छोरीलाई खोज्दै अपार्टमेन्टमा जाँदा उनलाई बेहोस अवस्थामा फेला पारेको न्यूयोर्क शहर प्रहरीले उल्लेख गरेकाे छ ।
मृत्युको वास्तविक कारण अझै थाहा हुन सकेको छैन । तर, न्यूयोर्क शहर प्रहरी विभाग (एनवाईपीडी)ले मृत्युमा कुनै खाले आपराधिक संलग्नतालाई अस्वीकार गरेको छ । बिहान ८ बजेपछि ९११ मा फोन आएको र तुरुन्तै मिचेलको घरमा सम्पर्क गरिएको प्रहरीले बताए । आपतकालीन कर्मचारीहरूले अभिनेत्रीलाई घटनास्थलमै मृत घोषित गरेका थिए ।
मिशेलका प्रमोटर ग्यारी मान्टौशले एक आधिकारिक विज्ञप्तिमा उनको मृत्युको पुष्टि गरेका छन् । ‘मिशेल ट्राचटेनबर्गको निधनको घोषणा गर्दा हामीलाई निकै दुःख लागेको छ । परिवारले यस शोकको घडीमा आफ्नो गोपनीयता कायम राखिदिन अनुरोध गरेको छ । यस समयमा थप जानकारी उपलब्ध छैन’ सामाजिक सञ्जालमा एउटा पोस्टमा मान्टौशले लेखेका छन् ।
प्रतिक्रिया