कुमारी बैंक र टेस्ला डायग्नाेस्टिक क्लिनिकबीच विशेष छुटसम्बन्धी सम्झाैता

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार १६:३६


काठमाडाैं, फागुन १९ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था कुमारी बैंक लिमिटेड र काठमाडाैं महानगरपालिका बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक (प्रा.) लि.बीच कुमारी बैंकका ग्राहकवर्गहरूलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापश्चात् क्लिनिकबाट प्रदान गरिँदै आएकाे सेवाहरूमा ग्राहकहरूलाई प्याथोलोजी टेस्टमा १० प्रतिशत MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental Orthopantomogram (OPG) and Cone Beam Computed Tomography (CBCT), Echo Cardiography, Electro Cardiogram मा ५ प्रतिशत तथा फार्मेसीमा ५ प्रतिशतदेखि १० प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

कुमारी बैंकले अनवरत् रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ वटा शाखा सञ्जाल, ३ सय १६ वटा एटीएम मेसिन, ५० वटा एक्सटेन्सन काउण्टर तथा ५४ वटा शाखारहित बैंकिङ्ग इकाईहरूमार्फत् आफ्ना ग्राहकवर्गहरूलाई प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरूमा पनि अझ थप सरल, शुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जानेसमेत बैंकले एक प्रेस विज्ञप्ति जारी गरी प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....