लुक्ला दुर्घटनामा निधन भएका पाइलटहरूको शव टिचिङ अस्पतालमा, एयरहोस्टेस महर्जन उपचारका लागि ग्रान्डीमा

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार १३:४४


काठमाडौं, जेठ १४ ।
लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा शनिबार दिँउसो दुर्घटनाग्रस्त हुँदा घाइते हुनुभएका गोमा एयरका को–पाइलट सृजन मानन्धरको निधन भएको छ । लुक्ला अस्पतालमा उपचारका क्रममा शनिबार बेलुका ९ः३० बजे मानन्धरको निधन भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका हुन् । काठमाडौं कलंकी निवासी मानन्धर अविवाहित हो । सन् १९९० मा जन्मिनुभएका मानन्धर गोमा एयरमा २०१५ अगस्टदेखि आबद्ध भएका थिए ।


दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको शनिबार नै निधन भएको थियो । केही विमान दुर्घटनामा निधन भएका पाइलट राई र सहपाइलट मानन्धरको शव काठमाडौंको टिचिङ हस्पिटलमा लगिएको छ भने एयरहोस्टेस प्रज्ञालाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको छ ।

विमानमा चालक, सह–चालक र परिचारिका गरी तीनजना सवार थिए । को हुन् विमानचालक पारस ?
आकाशमा नौ हजार ६ सय ६८ घन्टा उड्दासम्म विमानचालक ४८ वर्षीय पारसकुमार राईलाई केही भएन । तर, शनिबार दिउँसो १ः३० बजे काठमाडौंबाट उडेको गोमा एयरको नाइन एन एके वाइ कल साइन विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको जनाएको छ ।

विमान अगाडिको भाग भुइँमा जोतिएपछि पाइलट राई गम्भीर घाइते भएको र घाइते विमानचालक राईलाई उद्धारपछि तत्काल लुक्लाको अस्पतालमा पुर्‍याएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । चिकित्सकलाई उद्धृत गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘एक कुशल पाइलटलाई हामीले गुमायौं ।’

काठमाडौं बूढानीलकण्ठ नगरपालिका चपली निवासी राईका श्रीमती, एक छोरी र एक छोरा छन् । ठूली छोरी पाँच कक्षामा पढ्छिन् भने छोरा कक्षा एक कक्षामा । सन् १९६९ जनवरीमा भोजपुरमा जन्मेका राईले एसएलसी पनि भोजपुरबाटै गरेका थिए । सन् २००० तिर हवाई उडानमा प्रवेश गरेका राई २०१४ अप्रिलबाट गोमा एयरमा आबद्ध भएको थिए ।

गोमा एयरमा आबद्ध भएपछि मात्र उनले एलइटी ४१० को विमान नै १८ सय ४५ घन्टा उडाइसकेका छन् । उनको पाइलट लाइसेन्स नम्बर (एडीपीइएल नम्बर) २१९ हो । ट्विनअटर, डोनियर जहाज उडाइसकेका उनले हाल एलइटी ४१० उडाइरहेका थिए । लुक्लामा दुर्घटना भएको जहाज चेकोस्लाभियामा बनेको हो ।

विमान दुर्घटनामा घाइते भएकी विमान परिचारिका प्रज्ञा महर्जनको लुक्ला अस्पतालमा उपचार भइरहेको छ । दायाँ खुट्टामा चोट लागेको परिचारिका महर्जन कीर्तिपुर निवासी हुन् । उनलाई उपचारका लागि काठमाडौं ल्याउने प्रयास भए पनि मौसम प्रतिकूलताका कारण शनिबार सम्भव भएन । २०५२ सालमा जन्मेकी उनी अविवाहित हुन् । उनी २०१५ अक्टोबरदेखि गोमा एयरमा आबद्ध भएको हो ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....