गुजरातको एउटा भवनमा भीषण आगलागी, तीन जनाको मृत्यु

एजेन्सी, चैत १ ।
गुजरातको राजकोटमा एउटा भवनमा भीषण आगलागी भएको छ । राजकोटको एटलान्टिस भवनमा लागेको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ ।
अन्य एक जना घाइते भएको बताइएको छ । घाइतेको एउटा अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
भवनमा फसेकाहरूको उद्धार कार्य तीब्र गतिमा भइरहेको छ । भवनमा करेन्ट सर्ट भएको कारण आगो लागेको बताइएको छ । दमकल विभागले आगो नियन्त्रणमा लिइसकेको र अहिले अवस्था सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया