व्यवस्थापिका–संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं, जेठ १४ ।
सरकारले आव २०७४/७५ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद् बैठकको बहुमतले आज पारित गरेको छ ।
राष्ट्रपतिबाट यहीँ जेठ ११ गते संसद् बैठकमा गरिएको सम्बोधनमार्फत आएको आव २०७४/७५ का लागि सरकारको नीति तथा कार्यक्रममाथि दिइएको धन्यवाद प्रस्तावलाई संसद्को आजको बैठकले बहुमतले पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको जवाफ दिएका थिए । यसअघि नीति कार्यक्रमका विपक्षमा सांसद प्रेम सुवाल, अनुराधा थापा मगर र दुर्गा पौडेलले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
अब पारित नीति तथा कार्यक्रममा आधारित भएर संविधानानुसार सरकारले सोमबार आगामी आव २०७४/७५ को वार्षिक आयव्यय विवरण (बजेट) प्रस्तुत गर्नेछ ।
प्रतिक्रिया