बालिकालाई वेश्यावृत्तिमा लगाएकाे अभियाेगमा काठमाडाैं बालाजुबाट ४५ वर्षीय मल्ल पक्राउ

प्रकाशित मिति: ५ चैत्र २०८१, बुधबार १६:५२


काठमाडाैं, चैत ६ ।
बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका-६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भुलालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो काठमाडाैंकाे बबरमहलबाट खटिएको प्रहरीकाे टाेलीले मंगलबार निजलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाको उद्दार गरी सुरक्षित आवासका लागि सेल्टर होममा पठाएको प्रहरीले जनाएको छ ।

शम्भुलालमाथि मानव बेचबिखन तथा ओसार-पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....