सामाजिक सञ्जालमार्फत् महिलाकाे चरित्र हत्या अभियाेगमा क्षेत्रपाटीबाट ४१ वर्षीय पुरुष पक्राउ

काठमाडाैं, चैत ६ ।
सामाजिक सञ्जालमार्फत् एउटी महिलाको चरित्र हत्या गरेकाे अभियाेगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत विहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार पक्राउ गरेको हो ।
फेसबुकमा साथी बनी सम्बन्धमासमेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको र आपसमा मनमुटाउ भएपश्चात् पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीकाे टाेलीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइएकाे जनाएकाे छ ।
प्रतिक्रिया