कुमारी बैंकद्वारा ग्लोबल मनी वीक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं, चैत ७ ।
ग्लोबल मनी वीक २०२५ को अवसरमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । ग्लोबल मनी वीक २०२५ को “Think before you follow, wise money tomorrow” भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै कुमारी बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, Finfluencers (Financial Influencers) को प्रभाव र Artificial Intelligence (AI) को प्रवेशले सर्वसाधारण, विषेश गरी युवाहरूलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्याउने उद्देश्य राखेको छ ।
सो कार्यक्रमअन्तर्गत सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिंदैछ । यस अभियानमार्फत् कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । कुमारी बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ वटा शाखा सञ्जाल, ३ सय १६ वटा एटीएम, ५० वटा एक्सटेन्सन काउण्टर तथा ५४ वटा शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, शुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जानेसमेत बैंकले एक प्रेस विज्ञप्ति जारी गरी प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया