सिन्धु विकास बैंकद्वारा ग्लोबल मनी वीक २०२५ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहीबार १९:४४


काठमाडौं, चैत ७ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ग्लोबल मनी वीक २०२५ कार्यक्रमअन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा आज बिहीबार पनौती नगरपालिका–८ काभ्रेमा अवस्थित श्री तेजगंगा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

श्री तेजगंगा बहुमुखी क्याम्पसका कक्षा ११ तथा १२ का गरी जम्मा ७५ जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो । बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवालगायत डिजिटल बैंकिङ्ग प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।

सिन्धु विकास बैंक काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको यस बैंकको जम्मा २६ वटा शाखाहरू सञ्चालनमा रहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....