ग्लोबल आईएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल अस्पतालमा २५% छुट सम्झौता

काठमाडाैं, चैत ८ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था ग्लोबल आईएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालबीच ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेसम्बन्धी सहमति भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् । सो सहमतिअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ ।
अस्पतालले बैंकका ग्राहकहरूलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स-रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेशनलगायतका सेवाहरूमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । यस साझेदारीपश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरू उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरू विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए ।
पोखरेलले यो पहलले पहुँच योग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरासमेत स्पष्ट पारे । यसैगरी, ग्लोबल आईएमई बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरूलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास लिएको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया