आगामी तीन दिन माैसममा बदली, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा

प्रकाशित मिति: ७ चैत्र २०८१, शुक्रबार १८:२३


काठमाडाैं, चैत ८ ।
आगामी तीन दिन मौसममा बदली हुने तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार साँझ तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली हुने जनाएको हो । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

मौसममा आएको बदलीका कारण अहिले वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरेको छ ।

आज राति कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतयाः सफा रहने जनाएको छ । कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा भने मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, भाेलि शनिबार दिउँसो कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । राति पनि कोशी प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार भने दिउँसो र राति कोशी प्रदेश र वागमती प्रदेशका केही स्थान तथा मधेश प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहने जनाउँदै महाशाखाले कोशी प्रदेशका एक/दुई स्थानमा भने हल्का वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....