सुनचाँदी काराेबारकाे पहिलाे दिन सुन र चाँदीकाे मूल्य घट्याे

काठमाडाैं, चैत १० ।
सुनचाँदी काराेबारकाे पहिलाे दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा प्रति ताेला ९ सय रुपैयाँले घटेको हो ।
शुक्रबार १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रति ताेला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीमा प्रति तोला १५ रुपैयाँले घटेको छ । शुक्रबार १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।
प्रतिक्रिया