१७ वर्षीया किशाेरीमाथि बलात्कार अभियाेगमा २३ वर्षीय युवा पक्राउ

प्रकाशित मिति: ९ चैत्र २०८१, आईतवार १३:५२


काठमाडाैं, चैत १० ।
एउटी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियाेगमा एक युवा पक्राउ परेका छन् ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुबेशी बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भएका २३ वर्षीय नविन रावललाई शनिबार दिउँसो प्रहरीकाे टाेलीले पक्राउ गरेको हाे ।

रावलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याफ्रुबेशी रसुवाबाट खटिएको प्रहरीकाे टाेलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रावलविरुद्ध बलात्कारको कसुरमा प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....