सुनचाँदी काराेबारकाे दाेश्राे दिन आज पनि सुनकाे मूल्यमा सामान्य गिरावट

काठमाडाैं, चैत ११ ।
सुनचाँदी काराेबारकाे दाेश्राे दिन आज साेमबार पनि नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार सोमबार छापावाल सुनमा प्रति तोला ६ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार प्रति तोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर नै रहेकाे छ । आज चाँदी प्रति तोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघको जनाएकाे छ ।
प्रतिक्रिया