१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा १९ वर्षीय युवा पक्राउ

काठमाडाैं, चैत ११ ।
पर्वत १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकामाथि गत मंसिर ३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पाँचथरकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हिलिहाङ गाउँपालिका-४ घर भएका २६ वर्षीय दोर्ण रसाईलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । रसाईलीले ती बालिकालाई फिदिम नगरपालिका-२ रमिते डाँडास्थित रमिते होटलको कोठामा बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया