सुनकाे मूल्य आज पनि सामान्य रूपमा घट्याे

काठमाडाैं, चैत १२ ।
सुनचाँदी काराेबारकाे तेश्राे दिन आज मंगलबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ भने चाँदीको मूल्य साेमबारकै मूल्यमा काराेबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार सोमबारको तुलनामा आज सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँले घटेको हो । याेसँगै आज छापावाल सुन प्रति तोला १ लाख ७३ हजार ३ सय रुपैयाँ कायम रहेको छ । यसअघि भने प्रति तोलामा १ लाख ७३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने आज पनि स्थिर नै रहेकाे छ । आज चाँदी प्रति तोला १ हजार ९ सय ८० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
प्रतिक्रिया