विद्युत प्राधिकरणकाे डिजिटल बाेर्डमा जब ‘… चाेर देश छाेड’ डिस्प्ले भएपछि…

प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलवार ११:५७


काठमाडाैं, चैत १२ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको एक वाक्य डिस्प्ले भएपछि भाइरल भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो । डिजिटल बोर्डमा रोमनमा ‘… चोर देश छोड’ डिस्प्ले भएको थियो ।

सोमबार दिउँसो १२ बजेदेखि करिब १ बजेसम्म डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्ध लेखिएको नारा डिस्प्ले भएको थियो । यस विषयमा अनुसन्धान भइरहेको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....