मध्यपुर थिमीमा ३२ वर्षीय पुरुषको कुटपिट गरी हत्या, दुई पक्राउ

प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलवार २२:०८


काठमाडाैं, चैत १२ ।
मध्यपुर थिमी नगरपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका-९ घर भएका ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका-३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेका छन् ।

मध्यपुर थिमी नगरपालिका-२ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा गत फागुन २७ गते बिहान अचेत अवस्थामा फेला परेका लक्ष्मणको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीको टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको छ ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान अगाडि छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....